राजेन्द्र लिङ्देनको जितसँग एमालेको इज्जत जोडिएको छः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनका लागि भोट मागेका छन् । उनले एमालेको इज्जतका लागि भए पनि लिङ्देनलाई जिताउनु पर्ने अवस्था आएकोसमेत बताएका छन् ।

झापा ३ मा आयोजित चुनावी कार्यक्रममा उनले लिङ्देनले जिते मात्र देशद्रोहीहरुले हार्ने दाबी गरेका हुन् । ‘एमालेको इज्जतका लागि भए पनि राजेन्द्र लिङ्देनलाई जिताउनु पर्छ,’ उनले भने, ‘देशद्रोहीलाई रोक्न भए पनि हलोमा भोट हाल्नु पर्छ । मुख्य कुरा भनेको गठबन्धन हराउने हो ।’

आगामी निर्वाचनबाट राप्रपा राष्ट्रिय पार्टी बन्ने बताएका ओलीले यसपटकको निर्वाचनमा एमालेले समर्थन गरेका सबैले जित्नेसमेत जिकिर गरेका छन् । 

उनले आफूलाई साथ दिएको जनता समाजवादी पार्टी पनि राष्ट्रिय पार्टीको स्टाटसमा रहिरहने  बताएका छन् । सँगसँगै उनले नेकपा एमालेबाट फुटेर बनेको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी चाहिँ राष्ट्रिय पार्टी पनि बन्न नसक्ने बताएका छन् ।

निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने दाबी गरेका ओलीले अबको सरकार  एमाले नेतृत्वमा बन्ने पनि दाबी गरेका छन् ।
 





  • प्रकाशित मिति : कात्तिक ११, २०७९ शुक्रबार १६:१७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया