सिरी ‘ए’ मा एसी मिलान पराजित

इटालियन सिरी ‘ए’ अन्तर्गत गएरातिको खेलमा एसी मिलान घरेलु टोली टोरिनोसँग २–१ ले पराजित भएको छ । ओलम्पिको डि टोरिनो स्टेडियममा खेलको ३५ औं मिनेटमा कोफी डिजिडिजीले टोरिनोलाई अग्रता  दिलाएका थिए ।  

३७ औं मिनेटानमा अलेक्सेइ मिरान्चुकले टोलीको अग्रता दोब्बर बनाए । ६७ औं मिनेटमा जुनियर मेसियसले गोल गर्दै मिलानलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो प्रर्याप्त नबन्दा टोरिनोले २–१ को रोमाञ्चक जित निकाल्यो ।

यो जितसँगै १२ खेलमा १७ अंकका साथ टोरिनो नवौं स्थानमा उक्लिँदा पराजित मिलान समान खेलबाट २६ अंकका साथ तेस्रो स्थानमा कायम छ ।

लिगअन्तर्गतकै अन्य खेलमा सालेर्निटाना, फोरेन्टिना र एटलान्टाले जित हात पार्दा उडिनेसले क्रेमोनेससँग बराबरी खेलेको छ ।  





  • प्रकाशित मिति : कात्तिक १४, २०७९ साेमबार ७:३३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया