नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन लक्षित घोषणा पत्र सार्वजनिक गरेको छ ।
माओवादी केन्द्रले सोमबार सार्वजनिक गरेको घोषणा पत्रमा हरेक पालिकामा डाक्टर र नर्स उत्पादनका लागि छात्रवृत्ति दिने घोषणा गरिएको छ । यसरी छात्रवृत्ति पाएपछि आफ्नै पालिकामा त्यो जनशक्तिले काम गर्नु पर्ने पनि उल्लेख गरिएको छ ।
सोमबार सार्वजनिक घोषणा पत्रमा सातामा ४० घन्टाभन्दा बढी काम गर्ने स्वास्थ्यकर्मीलाई अतिरिक्त भत्ता दिने पनि वाचा गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।