रामेछाप पुगेर डा‍. भट्टराईले भने– पुँजीवाद र साम्यवाद दुवैको सिङ भाँचियो, अबको बाटो संस्कारिक र वैज्ञानिक लोकतन्त्रको

रामेछाप– नयाँ शक्ति नेपाल पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुँजीवाद र साम्यवाद दुवैको सिङ भाँचिएकाले अब यी वादको पछि लागेर अघि बढ्न नसकिने बताएका छन् । मंगलबार रामेछापको मन्थलीमा ‘जनसंवाद’ गर्दै डा. भट्टराईले यी दुवै वादको विकल्प आफूसँग रहेको दाबी गरे । 

‘अब हामी न्यायपूर्ण समाज, आर्थिक समृद्धि र संस्कारिक र वैज्ञानिक लोकतन्त्रको बाटोबाट अघि बढ्नुपर्छ,’ उनले भने, ‘यसको सूत्र मसँग छ ।’ नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था उपयुक्त हुनेसमेत उनले बताए ।  प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपतीय प्रणाली नेपालको उपयुक्त शासन प्रणाली हुने उनको तर्क छ । 

केही दिनयता डा. भट्टराई पार्टीको जनसंवाद अभियानअन्तर्गत मध्यपहाडी लोकमार्गको एक महिने यात्रामा छन् ।





  • प्रकाशित मिति : माघ २२, २०७५ मंगलबार १९:३६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया