ब्लूमबर्गले जारी गर्यो २५ सबैभन्दा धनी घरानाको सूची, अम्बानी परिवार छैटौं नम्बरमा

ब्लूमबर्गले विश्वका २५ सबैभन्दा धनी कारोबारी घरानाको सूची सार्वजनिक गरेको छ । 

यो सूचीको पहिलो नम्बरमा छन्, २२४ अर्ब डलरका साथ वालमार्टको सन्चालन गर्ने वाल्टन परिवार । यो परिवार अमेरिकाको नर्थवेस्ट अरकन्सास बस्ने गरेको छ ।

दोस्रो नम्बरमा पनि अमेरिकाको मार्स परिवार रहेको छ । यो परिवारको कूल सम्पत्ति १६० अर्ब अमेरिकी डलर भएको बताइएको छ । यो परिवारको मुख्य कारोबार कन्फेक्सनरी तथा घरेलु पाल्तु जनावरसम्बन्धी हो । यो परिवारको पाँचौ पुस्ताले यो काम गरिरहेको छ ।

तेस्रो नम्बरमा कोच औद्योगिक परिवार रहेको ब्लूमबर्गले जनाएको छ ।

साउदी अरबको अल साउद परिवार अमिर कारोबारी घरानाको चौथों नम्बरमा रहेको छ । यो परिवारको कूल सम्पत्ति १०५ अर्ब डलर भएको बताइएको छ ।

पाँचौ नम्बरमा फ्रान्सको हम्र्स परिवार रहेको छ । छैटौं नम्बरमा भारतको अम्बानी परिवार रहेको छ । अम्बानी परिवारको कूल सम्पत्ति ८५ अर्ब डलर भएको ब्लूमबर्गले जनाएको छ ।





  • प्रकाशित मिति : कात्तिक १५, २०७९ मंगलबार १२:३०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया