नेपाली कांग्रेसका युवा नेता एवं काठमाडौं क्षेत्र नं ५ का उम्मेदवार प्रदीप पौडेलले ‘ब्रेन ड्रेन’ (बाैद्धिक पलायन)को समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
चुनाव प्रचारप्रसारको क्रममा मतदाताहरुले ‘ब्रेन ड्रेन’ को समस्याको सवाल उठाएपछि नेता पौडेलले आफूले पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
मंगलबार घरदैलो अभियानका क्रममा नेता पौडेलले नेपालको मुख्य समस्या ब्रेन ड्रने रहेको र आफूले त्यसलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।
‘मैले यसअघि नै बिसिडी मोडल तयार ब्रेन ड्रेनको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको छु,’ उनले भने, ‘त्यसलाई म प्राथमिकताका साथ राखेर काम गर्छु ।’
त्यसैगरी वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई आफूले निराकरण गर्न देशमै रोजगारीको सुनिश्चितता कायम गर्ने बताए ।
‘वैदेशिक रोजगारीलाई कतिपयले समस्याको रुपमा हेरेको छन्, तर त्यो हाम्रा युवायुवतीहरुको बाध्यता हो । देशमै केही गरेर रोजगारी दिने कुरामा म सधैँ प्रतिबद्ध छु,’ नेता पौडेलले भने ।
नेता पौडेल मंगलबार काठमाडौं महानगरपालिका वडा नं २ अन्तर्गत गैरीधारालगायतका क्षेत्रका मतदातासँग भेटघाट गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।