\
बंगलादेशमा जारी चौथो संस्करणको महिला साफ यू–१५ च्याम्पियनसिपमा नेपालले आज भुटानको सामना गर्दैछ ।
नेपाल–भुटानबीचको खेल ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्ताफा कमल स्टेडियममा स्थानीय समयअनुसार दिउँसो साढे ४ बजे सुरु हुनेछ ।
नेपाल भुटानलाई हराउँदै प्रतियोगिताको सुखद सुरुवात गर्ने सोचमा छ । भुटान पनि पहिलो जित निकाल्ने प्रयासमा हुनेछ । उसले पहिलो खेलमा घरेलु टोलीसँग ८–० को फराकिलो हार बेहोरेको थियो ।
पालले साफ यू–१५ मा भुटानलाई हराउन सकेको छैन । यसअघि यी दुई तीन खेलमा आमनेसामने भएका छन्, जसमा भुटानले एक खेल जित्दा दुई खेल बराबरीमा सकिएको छ ।
२०१७ को पहिलो भेटमा दुवै टोलीले १–१ को बराबरी खेलेका थिए । २०१८ मा तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पेनाल्टी सुट आउटमा ४–३ ले पराजित भएको थियो ।
निर्धारित समय २–२ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिइएको हो । २०१९ को पछिल्लो भेटमा पनि यी दुईले १–१ को बराबरी खेलेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।