वैदेशिक रोजगारीमा गएका नेपालीलाई आइपिओमा १० प्रतिशत आरक्षण लागू

वैदेशिक रोजगारीमा गएका नेपालीले आइपिओमा १० प्रतिशत आरक्षण पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले बिहीबारबाट यो व्यवस्था लागू गरेको हो । यो सुविधा श्रम स्वीकृति लिएर वैदशिक रोजगारीमा गएका नेपालीले मात्र पाउनेछन् ।  

बोर्डले धितोपत्र निष्कासन तथा बाँटफाँट (छैटौँ संशोधन) निर्देशिका, २०७९ लागू गरी उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको हो । निर्देशिका लागू भएसँगै अबदेखि आइपिओ जारी गर्ने कम्पनीले १० प्रतिशत सेयर वैदशिक रोजगारीमा रहेका नेपालीहरुका लागि छुट्याउनुपर्नेछ ।
 
बिक्री प्रबन्धकले सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्नुअगावै १५ दिनको अवधि तोकेर आह्वानपत्र प्रकाशित गर्नुपर्ने निर्देशिकामा उललेख छ । 

विदेशमा काम गर्ने नेपालीहरुले आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थामा रहेको रेमिट्यान्स खातामार्फत आइपिओको रकम भुक्तानी गर्न सक्नेछन् । 





  • प्रकाशित मिति : कात्तिक १७, २०७९ बिहीबार १७:३०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया