भारतबाट बढेर आयाे पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के गर्ला आयल निगम ?

भारतीय आयल कर्पोरेसन (आइओसी)ले पेट्रोलियम पदार्थको भाउ बढाएर नेपाल पठाएको छ । नेपाल आयल निगमले विज्ञप्तिमार्फत् भारतबाट पेट्रोलियम पदार्थको भाउ बढेर आएको जानकारी दिएको हाे । 

निगमका अनुसार पेट्रोलमा प्रतिलिटिर ६१ पैसा, डिजलमा प्रतिलिटिर ५ रुपैयाँ ७६ पैसा, मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ ०१ पैसा र हवाई इन्धनमा प्रतिलिटर ४ रुपैयाँ ७७ पैसा बढेर आएको छ । एलपी ग्यासको मूल्य भने केही घटेर आएको निगमले उल्लेख गरेको छ ।

निगमले अझै १५ दिनमा डिजलमा प्रतिलिटर १२ रुपैयाँ १४ पैसा र खाना पकाउने ग्यासमा २ सय २८ रुपैयाँ ८४ पैसा प्रतिसिलिन्डर घाटा रहेको जनाएको छ । पेट्रोल, हवाई इन्धन र मट्टीतेलमा भने केही नाफा नै छ ।

निगमले अहिलेलाई नेपाली बजारमा भने पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ । यससँगै ग्यासमा भएको घाटा समायोजन गर्दा समेत निगमलाई १५ दिनमा १८ करोड रुपैयाँ नाफा हुने निगमले जनाएको छ ।  

योभन्दा अगाडि पटक–पटक आइओसीबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि निगमले खुद्रा बिक्री मूल्य घटाएको थिएन । यसपटक निगमले मूल्य बढाउला कि नबढाउला भन्नेमा धेरैकाे चासाे छ । निर्वाचनकाे मिति नजिकै रहेका कारण सरकारले तत्काल मूल्य नबढाउने अनुमान गरिएकाे छ ।





  • प्रकाशित मिति : कात्तिक १७, २०७९ बिहीबार १८:२४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया