चार हजार रूपैयाँ घुससहित प्रहरी वरिष्ठ नायव निरीक्षक पक्राउ

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले धनुषाको सीमा प्रहरी कार्यालय जटहीका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक देवकीलाल चौधरीलाई घुससहित पक्राउ गरेको छ । 

अख्तिार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटेको टोलीले वरिष्ठ प्रहरी नायव निरीक्षक चौधरीलाई चार हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
 
चौधरीलाई चार हजार रूपैयाँ घुससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । 

उनलाई जिल्लाको नगराइन नगरपालिका वडा नम्बर–२ जटहीस्थित विनायक इन्टरप्राइजेज (मदिरा पसल)बाट अख्तियारको टोलीले पक्राउ गरेको हो ।





  • प्रकाशित मिति : कात्तिक १७, २०७९ बिहीबार १९:१०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया