सांसद जितेर बूढानिलकण्ठ मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्छु : प्रदीप पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आफूले निर्वाचन जितेमा काठमाडौं क्षेत्र नं ५ को ठूला–साना समस्या तत्काल समाधान गर्ने बताएका छन् । 

लोकतान्त्रिक–वाम गठबन्धन टोखा नगरपालिका वडा नं ५ ले आज यहाँ आयोजना गरेको निर्वाचन लक्षित कार्यक्रममा बोल्दै उनले पार्टीलाई बलियो बनाउने गरी जनताको काम गर्ने बताए । 

काठमाडौं क्षेत्र नं ५ को विकास गर्न नसकेर नभएको होइन भन्दै उनले यसअघिका प्रतिनिधिले  गर्न नचाहेर नभएको बताए । आफूले निर्वाचन जितेमा यसलाई समाधान गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । काठमाडौं क्षेत्र नं ५ को समस्या सांसदलाई तत्कालै थाहा पाउनका लागि ‘सांसद एप्स’ निर्माण गर्ने उनले बताए । 

ऐतिहासिक र धार्मिक महत्वको बूढानिलकण्ठ मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि आफूले पहल गर्ने नेता पौडेलले बताए । 





  • प्रकाशित मिति : कात्तिक १७, २०७९ बिहीबार २०:२१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया