१० वर्षीया बालिका बलात्कारको आरोपमा ६३ वर्षीय पुरुष पक्राउ

१० वर्षीया बालिका बलात्कार आरोपमा प्रहरीले तनहुँबाट एकजनालाई पक्राउ गरेको छ । 

प्रहरीले शुक्लागण्डकी नगरपालिका–८ गणपतेका ६३ वर्षीय रामजीबहादुर थापा क्षेत्रीलाई बिहीबार पक्राउ गरेको हो ।

बुधबार बिहान घरनजिकैको जंगलमा लगेर क्षेत्रीले पीडित बालिकालाई बलात्कार गरेको भन्दै पीडितका अभिभावकले इलाका प्रहरी कार्यालय बेलचौतारामा बिहीबार उजुरी दिएका थिए । 

सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।





  • प्रकाशित मिति : कात्तिक १७, २०७९ बिहीबार २२:१९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया