३ महिनाअघि रोमानिया गएका म्याग्दीका पुनको मेसिनमा च्यापिएर मृत्यु

३ महिनाअघि वैदेशिक रोजगारीका लागि रोमानियामा गएका म्याग्दीका एक युवकको मेसिनमा च्यापिएर मृत्यु भएको छ । गत साउनमा रोमानिया गएका म्याग्दीको रघुगंगा गाउँपालिका–६ रायखोरका ३३ वर्षीय देवेन्द्र पुनको बुधबार टिमिसोरा शहरको भिजेजदियानजिक बानट मेलन एग्रिकल्चर कम्पनीमा काम गर्ने क्रममा मेसिनमा च्यापिएर मृत्यु भएको हो ।

पुनको बुधबार दिउँसो करिब ३ बजे आलु टिप्ने क्रममा मेसिनको बेल्टमा च्यापिँदा मृत्यु भएको म्याग्दी प्रवासी नेपाली संघ अन्तरराष्ट्रिय कार्यसमिति (मोना आइइसी) का महासचिव हरि राम्जालीले जानकारी दिए ।

पुनको शव नेपाल ल्याउन पहल भइरहेको रघुगंगा गाउँपालिका–६ का वडाध्यक्ष मनकुमार शेरपुञ्जाले बताए । उनका बुबाआमा, दाजुहरू, पत्नी र एक ६ महिने शिशुसहित दुई छोरा छन् ।  





  • प्रकाशित मिति : कात्तिक १८, २०७९ शुक्रबार ११:५०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया