एक्लैले बहुमत ल्याउँछ, राप्रपा र जसपासँग मिलेर सरकार बनाउँछ : विष्णु पौडेल

नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने दाबी गरेका छन् । 

रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभाको प्रत्यक्षतर्फका उम्मेदवारसमेत रहेका पौडेलले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने र राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादीसँगै मिलेर सरकार बनाउने जिकिर समेत गरे । 

शनिबार बुटवलमा आयोजित खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरुको भेलामा बोल्दै उनले निर्वाचनपछि बन्ने एमाले नेतृत्वको सरकारले खेलकुद क्षेत्रको विकासको माध्यामबाट मुलुकको प्रतिष्ठालाई अझै उचाइमा पुर्याउने आश्वासनसमेत दिए । 

निर्वाचनपछि पार्टी अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्ने उल्लेख गर्दै उपाध्यक्ष पौडेलले त्यसपछि मुलुकको समृद्धिको अभियानले गति लिने विश्वास समेत व्यक्त गरे । रुपन्देही २ मा एमालेलाई धेरै फराकिलो मतान्तरले विजयी गराउन लागि सहयोग गर्न उनले खेलाडीलाई आग्रहसमेत गरे । 





  • प्रकाशित मिति : कात्तिक १९, २०७९ शनिबार १९:४८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया