सिरी ‘ए’ मा एसी मिलानको रोमाञ्चक जित

इटालियन सिरी ‘ए’ अन्तर्गत गएरातिको खेलमा एसी मिलान विजयी भएको छ । ऊ स्पेजियाविरुद्ध २–१ ले विजयी भएको हो ।

घरेलु मैदान सान सिरोमा खेलको २१ औं मिनेटमा थियो । हर्नान्डेजले मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए ।

५९ औं मिनेटमा डेनियल माल्दिनीले पाहुना टोलीलाई १–१ को बराबरीमा ल्याए । ८९ औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै मिलानलाई २–१ को रोमाञ्चक जित दिलाए ।

९० औं मिनेटमा जिरुड दोहोरो पहेँलो कार्ड बेहोर्दै बाहिरिएपछि मिलान १० खेलाडीमा समेटियो । जितसँगै १३ खेलमा २९ अंक जोडेको मिलान दोस्रो स्थानमा उक्लिएको छ ।

पराजित स्पेजिया समान खेलबाट ११ अंकका साथ १७ औं स्थानमा छ । लिगअन्तर्गतकै अन्य खेलमा इम्पोली र नापोलीले जित हात पर्दा उडिनेसले लीस तथा सालिर्नीटानाले क्रिमोनेससँग बराबरी खेलेका छन् । 





  • प्रकाशित मिति : कात्तिक २०, २०७९ आइतबार ८:३५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया