युवा संघ गलकोटका अध्यक्षसहित १६ जना माओवादी केन्द्रमा प्रवेश

युवा संघ गलकोट नगरपालिकाका अध्यक्ष बलबहादुर विकसहित १६ जना एमाले कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । 

आइतबार योङ कम्युनिष्ट लिग नेपाल (वाइसियल) गलकोटले आयोजना गरेको प्रशिक्षण कार्यक्रमा विकसहित १६ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । 

नेकपा एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका १६ जनालाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सचिव देवेन्द्र पौडेलले पार्टीमा स्वागत गरे । 

माओवादी प्रवेश गर्नेमा युवा संघ गलकोट नगरपालिका अध्यक्ष बलबहादुर विक, युवा संघ नगरसदस्य निकी थापा, नगर सदस्य सोनु थापा, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन गलकोट बहुमुखी क्याम्पस अध्यक्ष गगन विक, गोपाल विक, फमलाल विक, मोहन खत्री, विपीन नेपाली, दीपक नेपाली, मनोज परियार, ऋषि परियार, नवराज विक, विपिन नेपाली, अमृत बुढाथोकी र प्रदीप दर्लामी रहेको वाइसिएल केन्द्रीय सदस्य सविना घर्तीले जानकारी दिइन् । 

नवप्रवेशीलाई स्वागत गर्दै शिक्षामन्त्री पौडेलले गलकोट माओवादी जनयुद्धको उद्गम स्थान भएको र सहिदहरुको सपना पूरा गर्ने जिम्मेवारी उनीहरुको रहेको बताए । 





  • प्रकाशित मिति : कात्तिक २०, २०७९ आइतबार २२:४८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया