घट्यो सुनचाँदीको मूल्य

आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा १० रूपैयाँले घटेको जनाएको छ । 

आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ८०० रूपैयाँ कायम छ । आइतबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा ९४ हजार रूपैयाँ थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । हिजो आइतबार तोलामा ५० रूपैयाँले बढेको चाँदीको मूल्य आज तोलामा १० रूपैयाँले घटेको हो । आज चाँदीको कारोबार मूल्य तोलामा १२ सय ६५ रूपैयाँ कायम भएको छ ।  





  • प्रकाशित मिति : कात्तिक २१, २०७९ साेमबार ११:२४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया