संविधान उल्लंघन मैले होइन, परमादेशबाट सरकार बनाएर सत्ता गठबन्धनले गरेको हो : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टी नेपाली कांग्रेसभन्दा अत्यधिक मतले अगाडि हुने दाबी गरेका छन् । 

सत्तारुढ गठबन्धनवालाहरुको मत सर्वेक्षणले एमालेले कांग्रेसको हाराहारीमा मत ल्याउने प्रचार गरिरहेको भन्दै ओलीले सो सर्वेक्षण नै गलत रहेको जिकिर गरे । सोमबार पोखरामा आयोजित पार्टीको चुनावी सभामा बोल्दै उनले एमाले एक्लैले बहुमत ल्याउने र चुनावमा सहकार्य गरिरहेका दलहरुलाई पनि सामेल गरेर सरकार बनाउने बताए ।

मुलुकलाई शान्ति, विकास, सुशासन र स्थिरताको बाटोमा अघि बढाउन बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यो शक्ति एमाले मात्रै हुने सक्ने बताए । मुलुकको स्वाधिनता, स्वाभिमान जोगाउनका लागि पनि आगामी निर्वाचनपछि एमालेले सरकार बनाउनैपर्ने उनको भनाई थियो । 

ओलीले संविधान उल्लंघन गर्ने काम आफूहरुले नगरी सत्तारुढ गठबन्धनले गरेको आरोप समेत लगाए । संविधानमै नभएको परमादेशबाट सरकार बनाएर प्रधानमन्त्री शेरबहादुर देउवा आफैँले संविधान कुल्चिने काम गरेको उनले तर्क गरे । 





  • प्रकाशित मिति : कात्तिक २१, २०७९ साेमबार १८:४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया