राष्ट्रपति भण्डारी आइसल्याण्ड प्रस्थान

राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार साँझ आइसल्याण्डतर्फ प्रस्थान गरेकी छन् । 

महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपिएल)’ को कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेकी हुन् । 

६ दिने भ्रमणको सिलसिलामा १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति आइसल्याण्ड भ्रमणमा निस्किएकी हुन् । 

उनलाइ बिदाइ गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनालगायत विमानस्थलमा पुगेका थिए । 

राष्ट्रपति कात्तिक २६ गते बिहान स्वदेश फर्किने कार्यक्रम रहेकाे छ ।





  • प्रकाशित मिति : कात्तिक २१, २०७९ साेमबार १८:५४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया