अमेरिकामा आज संसदीय निर्वाचन हुँदै

संयुक्त राज्य अमेरिकामा आज मध्यावधि निर्वाचन हुँदैछ । निर्वाचन अघिसम्म राष्ट्रपति जो बाइडेनले मेरिल्याण्डमा र रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले ओहायोमा आफ्नो अन्तिम चुनावी र्‍यालीको आयोजना गरेका छन् । 

मेरिल्याण्डस्थित ब्ल्याक युनिभर्सिटीमा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले यो निर्वाचन जनमत संग्रह नभइ अमेरिकाका लागि दुई दृष्टिकोणबीचको प्रतिस्पर्धा भएको बताए । उनले सन् २०२० को जनवरी ६ मा यूएस क्यापिटल हिलमा भएको आक्रमणको स्मरण गराउँदै कसलाई समर्थन गर्ने भन्ने जवाफ आफैंले खोज्न मतदातालाई आग्रह गरे ।

बाइडेन २०२० मा अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भएका थिए । राष्ट्रपतीय निर्वाचनको ठीक दुई वर्षपछि र अर्को राष्ट्रपतीय निर्वाचनको ठीक दुई वर्षअघि अमेरिकामा मध्यावधि निर्वाचन हुने गरेको छ ।  

यो निर्वाचनमा हाउस अफ रिप्रजेन्टेटिभका सबै ४ सय ३५ सिट र सिनेटका ३४ सिटमा प्रतिस्पर्धा हुने गरेको छ । अमेरिकामा नोभेम्बरको पहिलो मंगलबार मध्यावधि निर्वाचन हुने प्रचलन छ । 





  • प्रकाशित मिति : कात्तिक २२, २०७९ मंगलबार ९:३२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया