कालीकोटमा जिप दुर्घटना : तीनजनाको मृत्यु, सात घाइते
फरकधार / २२ कात्तिक, २०७९

कालीकोटमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएकाे छ । मुगुबाट सुर्खेतका लागि छुटेको जिप दुर्घटनामा परेर सातजना घाइते भएका छन् । 



भे१छ ४४१२ नम्बरको उक्त जीप कालीकोटको तिलागुफा नगरपालिका ५ खल्लागाडमा दुर्घटना भएकाे हाे । दुर्घटनामा परी एकजनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रशाशन कार्यलय कालीकोटले जनाएको छ।

मृत्यु हुनेहरूको वर्ष २१ का अकल विक, वर्ष २५ का सुदर्शन सेजुवाल र वर्ष २१ का रमेश बुढा रहेको प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीले जानकारी दिए। उनीहरूकाे ठेगाना खुलेकाे छैन ।



दुर्घटनामा घाइते सातजनाकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेकाे छ । घाइते हुनेमा हुम्लाका २२ वर्षीय केशरी शाही, र २४ वर्षीय उज्जवल सिंह, १७ वर्षीय धीरज बुढा, १६ वर्षीय गोपीचन्द्र बुढा, ३१ वर्षीय सन्तोष शाही, गाडी चालक ३५ वर्षीय प्रेमसिंह बडुवाल छन् । एक घाइतेको नाम खुल्न सकेको छैन।



  • प्रकाशित मिति : कात्तिक २२, २०७९ मंगलबार १६:५३:४९,   अन्तिम अपडेट : कात्तिक २२, २०७९ मंगलबार १६:५८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया