आर्यनलाई 'आउन राजा' भनेर बाेलाउँदै बेनिशा (भिडियो)

मंसिर महिनालाग्ने बित्तिकै हिन्दु धर्म परम्पराअनुसार विवाहको मौसम आएको छ । शुभ मुहूर्तमा बाजागाजाका साथ वैदिक रीतले विवाह गर्ने हाम्रो सनातन परिपाटी रहेको पाइन्छ ।

हामीकहाँ विवाहलाई एक यस्तो बन्धन मानिन्छ, जो केवल शरीरको मात्र नभई मन र आत्माको पवित्र बन्धन हुन्छ । वैदिक संस्कृतिअनुसार जीवनको महत्त्वपूर्ण सोह्र संस्कारमध्ये विवाह पनि एक हो । 

यस संस्कारविना जीवन अपूर्ण मानिन्छ । हाम्रो मात्रै सभ्यतामा नभएर संसारभरकै सभ्यताहरूमा विवाहलाई मानव जीवनका लागि अति नै महत्पूर्ण मानिन्छ ।

यस्तैमा, अभिनेत्री बेनिशा हमाल र अभिनेता आर्यन सिग्देलको अभिनय रहेको नयाँ भिडियो ‘आउन राजा’ सार्वजनिक गरिएको छ। भिडियोमा बेनिशा र आर्यनको जोडी सुहाएको र दुवैको अभिनय तारिफयोग्य छ।

गायिका दीक्षा जे थापा र गायक एस डी योगीको स्वरमा रहेको गीतमा हर्क साउदको शब्द रचना रहेको छ भने, एसडी योगीको संगीत रहेको छ।

निखारिएको अभिनय गर्ने अभिनेत्री बेनिशाले आफ्नै प्रोडक्सन कम्पनीबाट पहिलो गीत मौरी पिक्चर्सबाट सार्वजनिक गरेकी हुन् । निर्देशक निकेश खड्काको टिमले भिडियो उत्कृष्ट बनाएको छ। 



भिडियोमा एक युवतीले बिहेको सपना बुन्दै एक युवकको कल्पना गरेको कथालाई निर्देशक खड्काले प्रस्तुत गरेका छन्।

हरि हुमागाईंले छायांकन गरेको भिडियोको कोरियोग्राफी सुभम भुजेलले गरेका हुन्। चानस पुन मगरको भिएफएक्स रहेको भिडियोमा सम्पादन प्रविन श्रेष्ठले गरेका छन्। यस भिडियोको कार्यकारी निर्माता केदार भुसाल हुन्।



बेनिशाले अभिनय गरेको फिल्म ‘प्रेमगञ्ज’ भदौमा रिलिज भएको थियो । यो फिल्मबाट बेनिशाको अभिनयको तारिफ भएको थियो ।

  • प्रकाशित मिति : कात्तिक २२, २०७९ मंगलबार १८:०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया