भेनेजुएला संकटबारे मोन्टेभिडियोमा अन्तर्राष्ट्रिय सम्मेलन

मोन्टेभिडिओ– भेनेजुएलामा जारी राजनीतिक संकट समाधानको लागि उरुग्वेको राजधानी मोन्टेभिडियो बिहीबार एक अन्तराष्ट्रिय स्तरको बैठक सुरु हुने भएको छ । त्यस वार्तामा भेनेजुएलाका वर्तमान राष्ट्रपति निकोलास मडुरो र उनका विपक्षी तथा हालै मात्र आफूलाई सो देशको अन्तरिम राष्ट्रपतिको रूपमा घोषणा गरेका हुवाँ गुइदो पक्षको पनि सहभागिता रहने बताइएको छ । 

भेनेजुएलाको राष्ट्रपति निकोलास मडुरोले आफ्नो देश गृहयुद्धमा होमिन सक्ने बताएको केही दिनपछि यस देशको संकट समाधानार्थ यो वार्ताको आयोजना गरिएको बताइएको छ । उनले गएको आइतबार मात्र स्पेनको एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा सो धारणा राखेका थिए । 

अर्कातर्फ नेता गुइदोले पनि आफूलाई अमेरिका, पश्चिमा राष्ट्र तथा पछिल्लो समयमा गत हप्ता मात्र युरोपेली युनियनको पनि समर्थन रहेकोले आफू नै यहाँको राष्ट्रपति भएको बताएका छन् । उक्त बैठकमा युरोपेली युनियन, आठ अरु युरोपेली देश र पाँचवटा ल्याटिन अमेरिकी देशका प्रतिनिधिको सहभागिता रहने बताइएको छ । 

युरोपेली युनियनको कूटनीतिक स्रोतका अनुसार सो बैठकमा खासगरी हालैका दिनमा भेनेजुएलामा जारी रहेको राजनीतिक संकटको समाधानका लागि आवश्यक विभिन्न प्रयास तथा विकल्पहरुका बारेमा छलफल गरिने छ । उक्त बैठकको अग्रसरता मेक्सिको र उरुग्वेले लिएका समाचारमा जनाइएको छ । भेनेजुएलामा यो समस्याको सुरुआत भएपछि यी दुई देशलाई तटस्थ देशका रूपमा लिइएको छ । 

यसअघि युरोपेली युनियनले पनि मध्यस्थताको प्रयास गरेको थियो । युरोपेली युनियनले केही ल्याटिन अमेरिकी देशको सहयोगमा भेनेजुएलाको राजनीतिक संकटक समाधानको प्रयास थालेको थियो । सोही समाधानस्वरुप नै युरोपेली युनियनले यस देशलाई जतिसक्दो चाँडो निर्वाचनको आयोजना गर्न भनेको थियो । 

युरोपेली युनियनले निर्वाचनको घोषणा गर्न गत आइतबारसम्मको समय दिएकोमा सो निर्वाचन घोषणा गर्न राष्ट्रपति मडुरोले नमानेपछि युरोपेली युनियनले पनि मडुरोको समर्थन गरेको छैन । गत महिना गुइदोले आफूलाई भेनेजुएलाको राष्ट्रपति नै घोषणा गरेपछि अमेरिकालगायत अन्य देशले उनलाई नै समर्थन गरेका थिए ।



आफूले विश्वका शक्ति राष्ट्रको समर्थन प्राप्त गरेको भन्दै उनले आफू नै भेनेजुएलाको राष्ट्रपति भएको बताउने गरेका छन् । भेनेजुएलामा अहिले पनि सत्ताको लागि संघर्ष सुरु भएको बताइएको छ । 

बढ्दै गएको राजनीतिक संकटको समाधानका लागि समयअगावै आमनिर्वाचन गर्नुपर्ने र त्यसलाई सत्तापक्ष र विपक्षीले पनि मान्नुपर्ने धारणा युरोपेली युनियनको छ भने अमेरिकालगायत केही पश्चिमा मुलुकले भने गुइदो नै राष्ट्रपति भएको बताएका छन् । 



विपक्षीले तत्काल निर्वाचनको वातावरण नबनाएमा मडुरोलाई सहयोग गर्न नसक्ने चेतावनी दिएकाका छन् भने मडुरोले संकट समाधानका लागि निर्वाचनको प्रस्ताव मान्न नसक्ने बताइसकेका छन् । 

  • प्रकाशित मिति : माघ २४, २०७५ बिहीबार १५:०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया