बिहारका पूर्वमुख्यमन्त्री तथा आरजेडी प्रमुख लालुप्रसाद यादवको मृगौला प्रत्यारोपण गरिने भएको छ । यादव लामो समययता विभिन्न रोगले ग्रसित छन् ।
यादव जुलाई महिनामा पटनास्थित आफ्नो घरमा लडेका थिए, त्यसवेला उनलाई ठूलो चोट लागेको थियो । उनलाई मधुमेह र उच्च रक्तचापको पनि समस्या छ ।
मृगौला प्रत्यारोपणका लागि उनलाई छोरी रोहिणी आचार्यले मृगौला दिने भएकी छिन् । रोहिणी र लालुको मृगौला म्याच भएको छ ।
आरजेडीका प्रमुख ७५ वर्षीय हालका दिनमा राजनीतिक रुपमा अत्यन्त कम सक्रिय छन् । उनी अघिल्लो महिना मात्रै सिंगापुरबाट भारत फर्किएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।