\
गायक छवि न्यौपानेको स्वरमा रहेको नयाँ गीत ‘टन्नै माया तिमीलाई’ रिलिज भएको छ ।
‘टन्नै माया तिमीलाई’ बोलको गीतमा छविलाई गायिका मिलन नेवारले स्वरमा साथ दिएकी छिन् । गोपी दाहालको शब्द रहेको गीतलाई अम्बर तुम्बापो सुब्बाले संगीत र गोपाल रसाइलीले एरेन्ज गरेका छन् ।
गम्भीर विष्टको निर्देशनमा तयार भएको भिडियोमा नवराज उप्रेतीको छायांकन, नवीन निरौलाको सम्पादन र सुबोल थापाको कोरियोग्राफी छ ।
गीतको भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्माले अभिनय गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।