प्रकाशमानलाई भोट माग्दै बाबुरामले भने- उनी योग्य व्यक्ति हुन्, जिताएर पठाउनुहोस्

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गठबन्धनलाई बलियो बनाएर मात्रै संविधान रक्षा हुने बताएका छन् । 

शुक्रबार बिहान काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहको घरदैलो कार्यक्रममा सहभागी हुँदै संघर्ष गरेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि नै प्रहार भएकाले गठबन्धन बनाउनुपरेको बताए ।

‘गठबन्धनमा साझा उम्मेदवारहरूले आसन्न निर्वाचन जितेको खण्डमा मात्रै संविधानको रक्षा गर्न र प्रतिगमनकारीलाई रोक्न सकिन्छ’, उनले भने, ‘काठमाडौं १ का मतदाताले जिताउनेमा विश्वस्त छु ।’

उनले सिंह देश विकासको लागि सही र सक्षम नेता भएको भन्दै जिताएर पठाउन काठमाडौं १ वासीलाई आग्रह गरे ।

‘नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह योग्य व्यक्तित्व हुनुहुन्छ । व्यक्तिगतरूपमा पनि उहाँ स्वच्छ हुनुहुन्छ, त्यसैले उहाँले जित्नुपर्छ’, भोट माग्दै उनले भने, ‘हाम्रो गठबन्धनलाई बलियो बनाए मात्रै संविधानको रक्षा हुन्छ । यसमा टेकेर सुशासन समृद्धि हुनसक्छ । त्यसैले उहाँको पक्षमा मतदान गर्न  आग्रह गर्दछु ।’





  • प्रकाशित मिति : कात्तिक २५, २०७९ शुक्रबार १०:५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया