काठमाडौं–१ मा गठबन्धनको जित सुनिश्चित छ : प्रकाशमान सिंह

नेपाली कां‌ग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनले नै जित हाँसिल गर्ने दाबी गरेका छन् । शुक्रबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को घरदैलो कार्यक्रममा उनले ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धनको जित सुनिश्चित रहेको बताएका हुन् । 

उनले आफूले पार्टीलाई भन्दा पनि गठबन्धनलाई अघि राखेर र आधार मानेर हामी अघि बढिरहेको पनि उल्लेख गरे । नेता सिंहले संविधान जारी गरेपछि संविधानलाई कार्यान्वयन गर्ने अवसर दिन गठबन्धनलाई जिताउन आवश्यक भएको बताए ।

‘हामीले पार्टीलाई भन्दा पनि गठबन्धनलाई अघि राखेर आधार मानेर हामी अघि बढिरहेका छौँ । संविधान जारी गरेपछि संविधानलाई कार्यान्वयन गर्ने अवसर दिनुपर्‍यो भन्नेकुरा, गठबन्धन किन बन्यो भन्नेकुरा संविधानलाई रक्षा गर्न बनेको हो,’ नेता सिंहले भने, ‘अहिलेको निर्वाचनले संविधानलाई रक्षा गर्दै प्राप्त गरेका अधिकारहरूलाई सुरक्षित राख्दै, संस्थागत गर्दै, विकास निर्माणका प्रक्रियाहरूलाई अघि बढाउने र जनतालाई बिरलिएका मुद्दाहरूमा तीन तहकै सरकारले पूर्णरूपमा काम गर्न पाए भने केन्द्रीकृत एकात्मक व्यवस्था र संघीयतामा फरक के हो भन्नेकुरा जनताले महसुस हुने गरी काम गर्न चाहेका छौँ  ।’ 

उनले आसन्न निर्वाचनले संविधानलाई रक्षा गर्दै प्राप्त गरेका अधिकारहरूलाई सुरक्षित राख्दै, संस्थागत गर्दै, विकास निर्माणका प्रक्रियाहरूलाई अघि बढाउने दाबी गरे । नेता सिंहले आम मतदाताले विगतमा र अहिलेको शासन पद्धतिमा फरक के छ भन्ने प्रश्न गरिरहेको बताउँदै त्यसलाई सम्बोधन गर्न बिरलिएका मुद्दाहरूमा तीन तहकै सरकारले पूर्णरूपमा काम गर्न पाउने काम गर्न चाहेको बताए । 

नेता सिंहले केन्द्रिकृत एकात्मक व्यवस्था र संघीयतामा फरक के हो भन्ने कुरा जनताले महसुस हुने गरी काम गर्ने प्रतिवद्धता जनाए । उनले आफ्नो निर्वाचन क्षेत्र काठमाडौं–१ मा स्वच्छ खानेपानी, शिक्षाको गुणस्तरमा सुधार र निःशुल्क र गुणस्तर स्वास्थ्य प्रणालीको विकास गर्न आम मतदाताहरूले माग गरेको भन्दै त्यसलाई पूरा गर्ने बताए ।  

‘संविधान जारी गर्‍याैँ । तर, त्यसलाई लागू गर्न आवश्यक संघीय कानुनको अभावका कारणले गर्दा संघीय सरकार, प्रान्तिय सरकार र स्थानीय सरकारहरुको अधिकार जुन छ, त्यसको कार्यान्वयन गर्न आवश्यक कानुन निर्माणको आवश्यक छ,’ सिंहले भने, ‘जनताले के फरक भयो भन्नेकुरा भनिरहेका छन् । उत्साहजनक छ घरदैलो कार्यक्रम । काठमाडौं १ मा गठबन्धनले नै जित्छ । स्वच्छ खानेपानी कहिले दिन्छौ भनेर कराउँछन् । शिक्षाको गुणस्तरमा सुधार हुनुपर्ने, स्वास्थ्यमा निःशुल्क र गुणस्तर हुनुपर्ने माग गरेका छन् ।’
 
नेता सिंहको घरदैलो कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पनि भोट माग्नका लागि सहभागी भएका थिए ।



काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ सहित देशभर नै यतिबेला आसन्न निर्वाचनमा जित सुनिश्चतता लागि मत माग्दै विभिन्न राजनीतिक दलहरू प्रचारप्रसारमा व्यस्त छन् ।  



  • प्रकाशित मिति : कात्तिक २५, २०७९ शुक्रबार १०:४३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया