इंग्ल्याण्डलाई दोस्रोपटक टी-२० विश्वकपकाे उपाधि
फरकधार / २७ कात्तिक, २०७९

इंग्ल्याण्डले टी-२० विश्वकपकाे उपाधि हात पारेकाे छ । उसले आज सम्पन्न फाइनल खेलमा पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै उपाधि हात पारेकाे हाे ।



इंग्ल्याण्डले दोस्रोपटक टी-२० विश्वकपकाे उपाधि उचालेकाे हाे । ऊ यसअघि २०१० मा विजेता बनेकाे थियाे ।

१३८ रनकाे लक्ष्य इंग्ल्याण्डले १९ ओभरमा पाँच विकेट गुमाउँदै भेट्टायाे । उसका लागि बेन स्टाेक्सले अविजित रहँदै ४९ बलमा पाँच चाैका र एक छक्कासहित ५२ रनकाे अर्धशतकीय पारी खेले ।



कप्तान जाेश बटलरले २६,ह्यारी ब्रुक्सले २०, माेइन अलीले १९ र फिल साल्टले १० रन जाेडे ।



पाकिस्तानका लागि हरिस राैफले दुई तथा माेहम्मद वसिम,शहीन शाह अफ्रिदी र शादब खानले एक/ एक विकेट हात पारे ।

त्यसअघि मेलबर्न क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे पाकिस्तानले निर्धारित २० ओभर आठ विकेट गुमाउँदै १३७ रन बनाएकाे थियाे । उसका लागि सान मसुदले सर्वाधिक ३८ रनकाे याेगदान दिए ।

कप्तान बाबर आजमले ३२,शादव खानले २० र माेहम्मद रिजवानले १५ रन बनाए ।

इंग्ल्याण्डका लागि साम करनले तीन,आदिल राशिद र क्रिस जाेर्डन दुई/दुई तथा बेन स्टाेक्सले एक विकेट लिए ।
 

  • प्रकाशित मिति : कात्तिक २७, २०७९ आइतबार १७:२९:१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया