डा. तोसिमा कार्कीको उम्मेदवारी कायम

ललितपुर क्षेत्र नम्बर ३ की उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम भएकाे छ । सर्वोच्च अदालतले उनकाे उम्मेदवारीसम्बन्धी विवादमा यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी कार्की मेडिकल काउन्सिलको निर्वाचित सदस्य पदमा रहेको र सो लाभको पद रहेको दाबी गर्दै आयोगले उम्मेदवारी खारेज गरिदिएको थियो । यसविरुद्ध तोसिमाले रिट दायर गरेकामा न्यायाधीश कुमार चुडालको एकल इजलासले अन्तरिम आदेशमार्फत यथावत् राखेको थियो ।  

निर्वाचन आयोगले अदालतको आदेशविरुद्ध भ्याकेट निवेदन लिएर गएकामा अदालतले यसअघिकै अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश दिएको हो ।

सोमबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा यसकाे सुनुवाइ भएको हो ।​





  • प्रकाशित मिति : कात्तिक २८, २०७९ साेमबार १५:५४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया