जब ओली पैदल यात्रामा निस्किए [तस्बिरहरू]

नागरिक समाज र स्वतन्त्र अगुवाले आज पैदल यात्रा कार्यक्रम गरेका छन् । मंगलबार नागरिक समाज र स्वतन्त्र अगुवाहरूले आयोजना गरेको पैदल यात्रा कार्यक्रममा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन् ।

चुनावी प्रचारप्रसारकै निरन्तरताका रूपमा ओलीले कोटेश्वर क्षेत्रमा पैदल यात्रा गरेका हुन् ।

उनीहरूले ललितपुर निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारको सहभागितामा पैदल यात्रा गरेका हुन् । पैदल यात्रा कार्यक्रममा अध्यक्ष ओलीसहित उनकी धर्मपत्नी राधिका शाक्य पनि सहभागी भएकी थिइन् ।

पैदल यात्रामा नागरिक समाज, स्वतन्त्र युवा, समाजसेवीको सहभागिता रहनेछ । पैदल यात्रा कार्यक्रममा एमाले उम्मेदवार ले नेकपा एमालेले गरेका कामका आधारमा नै जनताले आफूहरूलाई बहुमतले जिताउने विश्वास व्यक्त गरे ।  





  • प्रकाशित मिति : कात्तिक २९, २०७९ मंगलबार १२:१:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया