मंगलबार बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठकले विश्वकप फुटबलको २९० वटा टिकट बिक्री गर्ने निर्णय गरेकाे छ ।
नेपालले प्राप्त गर्ने विश्वकपका २९० वटा टिकट एन्फा कार्यसमिति, एन्फा सदस्य संस्था, फुटबल स्पोन्सर र शुभचिन्तकहरुलाई बिक्री गर्ने निर्णय गरेको प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
बैठकले सहिद स्मारक ए डिभिजन लिग डबल राउन्ड रोविनका आधारमा सम्पन्न गर्ने र सचिवालयले ए, बी र सी डिभिजन क्लबसँग गरेको छलफल पछि गरेको प्रस्तावलाई अनुमोदन गर्ने निर्णय पनि गरेको छ ।
यस्तै ए डिभिजन क्लबहरुले विभिन्न स्कुलसँग सम्झौता गरी सञ्चालन भइरहेको एकाडेमीहरुलाई विगतको सम्झौताको आधारले वार्षिक १०–१० लाख रुपैयाँ उपलब्ध गराउनेलगायतका निर्णय पनि एन्फाले गरेको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।