वैदेशिक रोजगार विभागका नायव सुब्बा ३० हजार घुससहित पक्राउ

वैदेशिक रोजगार विभागका एक नायव सुब्बा ३० हजार घुससहित पक्राउ परेका छन् । 

वैदेशिक रोजगार कसुरमा मिलापत्रपश्चात् रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले नायव सुब्बा प्रमोद पाण्डेलाई ३० हजार घुससहित पक्राउ गरेको हो ।

अख्तियारले खानतलासी गर्दा उनकाे साथबाट स्रोत नखुलेको थप ३२ हजार ५५ रुपैयाँ पनि फेला परेको अख्तियारले जनाएको छ ।

मंगलबार कार्यकक्षबाटै पक्राउ परेका उनीमाथि अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।





  • प्रकाशित मिति : कात्तिक २९, २०७९ मंगलबार १७:५४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया