काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट संविधासभा सदस्य एवं नेपाली कांग्रेसका नेता नरहरि आचार्यले काठमाडौं ५ ले यसपटक खाेजेजस्तै उम्मेदवर पाएको बताएका छन् ।
मंगलबार आफ्नै निवास महाराजगञ्जमा राजनीतिक पत्रकारसँग साक्षात्कार गर्दै आचार्यले प्रदीप पौडेल साे क्षेत्रले खाेजेजस्तै याेग्य रहेकाे बताए ।
‘पौडेल जत्तिको निष्कलंक, इमान्दार र बौद्धिक प्रखर व्यक्ति पाउँदा मलाई समेत खुसी लागेको छ,उनले भने, 'यहाँका कांग्रेसीहरु र आमजनताले खोजेको परिवर्तन उनले दिन सक्छन् ।'
युवा पुस्ताको नेतृत्व गर्नसक्ने र पार्टीभित्र पनि नयाँ भिजन दिनसक्ने नेताका रुपमा आफूले प्रदीपलाई पाएकाे उनले बताए । आफूले विश्राम लिँदै गर्दा नयाँ युवालाई जिम्मा दिने इच्छा प्रदीप पौडेलबाट पूरा हुने उनको अपेक्षा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।