दोलखा सदरमुकाम चरिकोटमा बम विष्फोट

दोलखाकाे सदरमुकाम चरिकोटमा बम विष्फोट भएकाे छ । भीमेश्वर नगरपालिका–३ स्थित सातदोबाटोमा विष्फोट भएकाे हाे । 

विष्फोट आवाज आएपछि अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको छ । 

दोलखाका डिएसपी गंगा पौडेलका अनुसार सातदोबाटोस्थित फोहोर फाल्ने ठाउँमा विष्फोटको आवाज सुनिएको हाे । 

घटनास्थलमा बमको टुक्रा फेला नपरेको र छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीकाे भनाइ छ । 





  • प्रकाशित मिति : कात्तिक ३०, २०७९ बुधबार १५:३५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया