सट्टेबाजी गरेको आरोपमा कीर्तिपुरबाट केही युवक पक्राउ

सट्टेबाजी गरेको आरोपमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानबाट केही युवक पक्राउ परेका छन् । नेपाल र यूएईबीचको एकदिवसीय सिरिजमा ‘बल टु बल’ सट्टेबाजी गरेको आरोपमा केही युवक पक्राउ परेका हुन् । 

पक्राउ परेकाहरूको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले नियन्त्रणमा लिएको हो ।

पक्राउपर्नेको साथबाट मोबाइल र नगद बरामत भएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेकाहरूको नाम सार्वजनिक गर्न बाँकी छ । 
 





  • प्रकाशित मिति : मंसिर २, २०७९ शुक्रबार ११:३६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया