पूर्वअर्थमन्त्री अधिकारी ह्याम्स अस्पताल भर्ना, श्वासप्रश्वासमा सुधार

काठमाडौं– नेकपाका नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी ह्याम्स अस्पताल भर्ना भएका छन् । एक महिनादेखि मेडिसिटी अस्पतालमा उपचाररत अधिकारीलाई बिहीबार ह्याम्स अस्पताल पुर्याइएको हो । 

श्वास–प्रश्वासमा समस्या देखिएपछि अधिकारीलाई बिहीबार ह्याम्स अस्पतालको आइसियुमा भर्ना गरिएकोे छ । छाती तथा मुटुका पुराना बिरामी अधिकारीको स्वास्थ्य एकाएक बिग्रिएपछि एक महिनाअघि उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । 

‘स्वास्थ्यमा समस्या देखिएपछि तत्कालै उपचारका लागि मेडिसिटीमा लगिएको थियो,’ अधिकारीका सहयोगी महेश विष्टले भने, ‘उहाँलाई पहिलेदेखि नै उपचारका लागि ह्यम्समै ल्याउने गरेकाले यहाँ नै ल्याएका हौँ ।’

ह्याम्स हस्पिटलमा ल्याएदेखि नै उनलाई आइसियुमा राखिएको विष्टले बताए । ‘उहाँ मुटुको पुरानो बिरामी भए पनि अहिले मुटुमा कुनै समस्या देखिएको छैन, विष्टले भने, ‘अहिले श्वासप्रश्वासमा पनि सुधार आएको छ ।’ 





  • प्रकाशित मिति : माघ २५, २०७५ शुक्रबार १७:१६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया