साम्राज्ञी र जीतुको ‘ह्यारी की प्यारी’ को प्रदर्शन मिति घोषणा

साम्राज्ञी राज्यलक्ष्मी शाह र जितु नेपालको मुख्य भूमिका रहेको नेपाली चलचित्र ‘ह्यारी की प्यारी’ २० माघबाट प्रदर्शनमा आउने भएको छ । साम्राज्ञीको जन्मदिनको अवसर पारेर निर्माण युनिटले शुक्रबार फिल्मको केही पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति समेत घोषणा गरेको हो ।

सार्वजनिक पोस्टरमा अभिनेता जीतु र साम्राज्ञी नै देखिएका छन् । पोस्टरमा जीतु र साम्राज्ञी साइकलमा माइकिङ गर्दै  हिँडेको देख्न सकिन्छ ।  

साइकलमा माइकलाई रिवनले बाँधिएको छ । बिआर प्रोडक्सनकको प्रस्तुतिमा निर्माण भएका फिल्ममा साम्राज्ञी र जीतुका साथै विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय छ । 

फिल्ममा अभिनेत्री रेखा थापाको विशेष भूमिका छ ।  





  • प्रकाशित मिति : मंसिर २, २०७९ शुक्रबार १३:४२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया