सन्दीपको टिम मेलबर्न स्टार्स १० विकेटले पराजित

काठमाडौं– बिग ब्यास लिगअन्तर्गतको क्रिकेटमा नेपालका स्टार बलर समावेश भएको मेलवर्न स्टार्स १० विकेटले पराजित भएको छ । शुक्रबार भएको खेलमा मेलवर्न स्टार्स ब्रिसवेन ह्याटसँग पराजित भएको हो । 

टस हारेर ब्याटिङको निम्तो पाएको मेलबर्नले पूरै २० ओभरमा ८ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो । १ सय ५७ रनको लक्ष्य पछ्याएको ब्रिसवर्नले १० ओभरमा कुनै पनि विकेट नगुमाई लक्ष्य पूरा गर्यो । 

२ ओभर बलिङ गरेका सन्दीपले २८ रन दिए । आठौँ ओभरमा व्यक्तिगत पहिलो ओभरमा बलिङ गर्न आएका सन्दीपले किफायती बलिङ गर्दै ८ रन दिए । दोस्रो ओभरमा भने उनले तीन छक्कासहित २० रन दिए । 

सुरुदेखि नै विस्फोटक ब्याटिङ गरेका ब्रिसवर्नका ओपनिङ जोडीले नै खेल जिताए । जितका लागि ओपनर म्याक्स ब्रायन्टले ७१ तथा बेन कटिङले ८१ रन हाने । ३० बलको सामना गरेका म्याक्सले ६ चौका र ५ चौका हिर्काए भने बेन कटिङले ३० बलमा चार चौका र ८ छक्का हिर्काए । 

यसअघि मेलवर्नका लागि मार्कस स्टोइन्सले ८१ रन जोड्नुबाहेक अन्य ब्याट्समेनले उल्लेख्य रन जोड्न सकेनन् । ५१ बलको सामना गरेका उनले ७ चौका तथा २ छक्का हिर्काए ।

यसअघि पहिलो तीन खेल खेलेर बंगलादेश प्रिमियर लिग खेल्न आएका सन्दीप त्यसपछि युएईसँगको एक दिवसीय तथा टी–२० सिरिज जिताएर पुनः अस्टेलिया फर्केका थिए । 





  • प्रकाशित मिति : माघ २५, २०७५ शुक्रबार १८:२७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया