सुर्खेतमा ६३ प्रतिशत बढी मतदान भएको छ । आज भएको मतदानमा जिल्लामा कुल एक लाख ५४ हजार एक सय ८७ मत खसेको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
जसमध्ये ८५ हजार पाँच सय ११ महिला र ६८ हजार ६ सय ७६ जना पुरुष मतदानमा सहभागी भएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए । यो संख्या सुर्खेतका कुल मतदाता मध्य ६३ प्रतिशत बढी हो ।
जिल्लामा कुल दुई लाख ४३ हजार ६ सय १४ मतदाता छन् । जिल्लामा दुई सय ९३ मतदान केन्द्र मध्य सिम्ता गाउँपालिका वडा नं. ६ स्थित सिम्ता बहुमुखी क्याम्पस, (मतदान स्थल–१, मतदान केन्द्र–३) मा मतदान स्थगित छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।