बाँके–३ को मतगणना सुरु
फाइल तस्बिर

बाँके निर्वाचन क्षेत्र नं ३ को मतगणना सुरु भएको छ । सर्वदलीय सहमतिका आधारमा मतगणना सुरु थालिएको हो । 

बाँके क्षेत्र नंं १ र २ को मतगणना केही बेरपछि सुरु गर्ने सर्वदलीय सहमति भएको बाँकेका मुख्य निर्वाचन अधिकृत धनसिंह महराले बताए ।

प्रतिनिधिसभातर्फ क्षेत्र नं १ मा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) बाट महेश्वरजङ्ग गहतराज, नेकपा (एमाले) र राप्रपा गठबन्धनबाट एमालेबाट सूर्य ढकालबीच दुईपक्षीय प्रतिस्पर्धा हुनेछ । 

प्रतिनिधिसभातर्फ क्षेत्र नं २ मा जसपाबाट मोहम्मद इश्तियाक राई, एमाले राप्रपा गठबन्धनबाट डा. धवलशमशेर राणा नेपाली कांग्रेसबाट सुदीपनरसिंह राणाबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।  

प्रतिनिधिसभातर्फ क्षेत्र नं ३ मा गठबन्धनकातर्फबाट नेपाली कांग्रेसबाट किशोरसिंह राठोर, नेकपा एमालेबाट किस्मतकुमार कक्षपतिबीच प्रतिस्पर्धा हुने देखिएको छ । 





  • प्रकाशित मिति : मंसिर ५, २०७९ साेमबार १०:१४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया