दार्चुलामा मतपेटिका संकलनको काम अझै सकिएन
फाइल तस्बिर

दार्चुलामा मतपेटिका संकलनको काम अझै सकिएको छैन । भौगोलिक विकटताको कारण केही पालिकाको मतपेटिका संकलन हुन बाँकी रहेको दार्चुला प्रहरी प्रमुख डीएसपी तर्कराज पाण्डेयले जानकारी दिएका छन् ।

उनका अनुसार ब्यास गाउँपालिकाका विभिन्न मतदान केन्द्रका मतपेटिका आउन बाँकी छ। सबै मतपेटिका संकलनलगत्तै मतगणना सुरु हुने उनले बताए ।  

दार्चुलामा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडू र एमालेका तर्फबाट गणेश ठगुन्ना प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।





  • प्रकाशित मिति : मंसिर ५, २०७९ साेमबार १२:४६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया