उद्योगी राठीलाई अपहरण गरी बन्धक बनाएको आरोपमा उनकै मिडिया पार्टनर पक्राउ

उद्योगी अरुणकुमार राठीलाई अपहरण गरी बन्धक बनाएको आरोपमा एकजना पक्राउ परेका छन् ।

नेपाल टाइम्स मिडिया प्रालि विराटनगरका सञ्चालक राठीलाई अपहरण गरी १५ लाख रुपैयाँ फिरौती लिएको आरोपमा मिडिया हाउसका अर्का सञ्चालक सिरहाका शहेन साह भनिने अब्दुल खतालाई प्रहरीले पक्राउ गरेको हो । 

मोरङ प्रहरीका अनुसार खताबलाई विराटनगर तीनपैनी चोकबाट बिहीबार पक्राउ गरिएको हो । 

राठीले आफैँ सञ्चालक रहेको नेपाल टाइम्स मिडिया प्रालि विराटनगरका अर्का सञ्चालक खताबले आपूलाई अपहरण शैलीमा घरबाट लगेर मिडिया हाउसमा बन्धक बनाएर फिरौती रकमको माग गर्दै कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए ।

अघिल्लो बुधबार खताबले राठीलाई आफ्नै मिडिया हाउसमा भिडियो खिच्ने भन्दै  बन्धक बनाएर १५ लाख तत्काल फिरौती रकम लिएका थिए । 

बाँकी १५ लाख रुपैयाँ एक सातापछि लिने सर्तमा छाडेका थिए । तत्काल १५ लाख दिएको र बाँकी १५ लाख एक सातापछि दिने सर्तमा छुटेको राठीको जाहेरीमा उल्लेख छ । 



उद्योगी अरुण राठी ‘अपहरण’ घटनाः आफ्नै पार्टनरको ‘अपहरण’मा परेपछिको नालीबेली



  • प्रकाशित मिति : मंसिर २९, २०७९ बिहीबार २२:१२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया