विरोध पछि सोविताले भनिन् - चार वर्षअघिको त्यो उदाहरण आज मैले प्रयोग गर्दिनँ
फाइल तस्बिर

चार वर्ष पुरानो भनिएको एक अन्तर्वार्तामा दिएको विवादित अभिव्यक्तिप्रति नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सोविता गौतमले धेरैको विरोधपछि सामाजिक सञ्जालबाट आफ्नो स्पष्टीकरण प्रस्तुत गरेकी छन् । 

‘यहाँहरूको प्रश्नले मलाई थप संवेदनशील हुन घच्घच्याएको छ । अभिव्यक्तिको आशयभन्दा अन्यथा अर्थ लागेर प्रभावितमाथि पर्न गएको आघातप्रति मलाई खेद छ,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘चार वर्षअघिको त्यो उदाहरण आज मैले पक्कै पनि प्रयोग गर्दिनँ । किनकी, अध्ययन र अनुभवले मेरो बुझाइ अहिले परिष्कृत भएको छ । 'पीडित' शब्दले पनि हिंसामा पर्नेलाई असर गर्छ भनेर 'सर्वाइवर' वा 'प्रभावित' शब्द प्रयोग गर्न थालिएको छ । यसरी नै हामीले आफ्नो बुझाइको दायरा फराकिलो बनाउने हो ।’

हाल भाइरल भएको उक्त भिडियोमा सांसद सोविताले बलात्कारलाई यो समाजले ठूलो विषय बनाएको वा ग्लोरिफाइ गरेको भन्दै यसबाट डलर ल्याउने काम भएको बताएकी थिइन् । उनको यो भिडियो सार्वजनिक भएपछि महिला अभियन्ता, अधिकारकर्मी तथा समाजिक सन्जाल प्रयोगकर्ताले यसको व्यापक विरोध गरेका छन् ।

अधिकारकर्मी र आम नागरिक तहबाटै चर्को विरोध भएपछि गौतमले  ट्वीटरमा थप लेखेकी छन्,  ‘यौन हिंसा प्रभावितलाई हीनताबोध गराउनुभन्दा उनीहरूप्रति स्वाभाविक व्यवहार गर्दा मनोवैज्ञानिक आरोग्य र सामाजिक पुनर्स्थापना सहज हुन सक्छ भन्ने मेरो आशय हो । त्यस कुरा प्रष्ट पार्न प्रयोग गरेको उदाहरण असंवेदनशील भयो भनेर यहाँहरूले आपत्ति जनाउनुभएको कुरालाई मैले मनन गरेकी छु ।’

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविताले भनिन्– बलात्कार यो समाजले ग्लोरिफाइ गर्‍यो, डलर ल्याउने काम भो





  • प्रकाशित मिति : पुस २, २०७९ शनिबार १३:३१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया