ढल्केवर इको पावर फलोअपः पुँजी अपचलन र हुण्डी कारोबारमा पनि शंकामा टाटर, नवीन र सन्दीप अग्रवालसँग मिलेर यसरी गरेका थिए सेटिङ

सन् २०२१ फ्रेबुअरीदेखि नेपाल सरकारलाई विद्युत् बेच्न सुरु गरेको धनुषा जिल्लाको ढल्केवरमा रहेको इको पावर डेभलेपमेन्ट कम्पनीले निर्माणाधीन समयमा बैंकिङ ठगी मात्र होइन, मुद्रा अपचलन र हुण्डी कारोबारमा समेत संलग्नता भएको पनि देखिएको छ ।

इको पावर डेभलपमेन्ट कम्पनीले सन् २०१९ डिसेम्बरमा १० मेगावट एसी र १२ मेगावट डिसी विद्युत् उत्पादन गरेको यो प्रोजेक्टमा इको पावरका सन्चालक नविन कुमार सिंह, यो पावर प्लान्ट निर्माण गरेको कम्पनी कुशल प्रोजेक्ट्सका अध्यक्ष तथा विराटनगर केशरीचन्द भवरलालका सन्चालक प्रशान्त टाटर तथा यही कम्पनीका व्यवस्थापक भनिएका सन्दीप अग्रवाल मिलेर मुद्रा अपचलन तथा हुण्डी कारोबारको सेटिङ समेत मिलाएको प्रमाणहरु फरकधारलाई प्राप्त भएको छ ।

भारतीय नागरिक रहेका सन्दीप अग्रवाल र प्रशान्त टाटरले मिलेर कुशल प्रोजेक्ट्स सन्चालनका लागि एलसी खोलेको आधारमा बैंकबाट पैसा भारत पठाएको र बढी बिलिङ गरेको पैसा फेरि अर्को माध्यमबाट नेपाल भित्र्याएको उनीहरुको बैकिङ स्टेटमेन्टबाट पुष्टि हुन्छ ।

उनीहरुले इको पावर कम्पनीले निर्माण गरेको सोलार फार्मका लागि प्राइम बैंकबाट ऋण निकाल्दासमेत गलत र अपुष्ट हुने डकुमेन्टहरु पेश गरेको प्रमाणहरु भेटिएका छन् ।

४५ करोडमा सकिएको प्रोजेक्टलाई ८६ करोडको बनाएर बैंकमा बढी ऋणका लिनका लागि कागजात प्रस्तुत गर्दा यो कम्पनीका अर्का सन्चालक रहेका भोजराज सिग्देलको बैंक अकाउन्टबाट एउटै रकम बारम्बार इको पावर र कुशल प्रोजेक्ट्समा बारम्बार डिपोजिट गरिएको र झिकिएको देखिन्छ ।

इक्विटीको ३० प्रतिशत रकम जम्मा गर्नका लागि इको पावर र प्राइम बैंकबीच भएको सम्झौताको पृष्ठ ९ को क्रमसंख्या ५३ मा भएको व्यवस्थाअनुसार भोजराज सिग्देलको खाताबाट डेढ करोडमात्र जम्मा भएको देखिन्छ । अर्कोतिर, यही पैसा कुशल प्रोजेक्ट्सको खातामा गएको र त्यहाँबाट फेरि प्रशान्त टाटरको खातामा गएको र फेरि भोजराज सिग्देलको त्यही खातामा पुगेको देखिन्छ । 



यसअघि यही विषयमा प्रकाशित याे समाचार पढ्नुहाेस्– 

यसरी गरिन्छ कम्पनीको नाममा बैकिङ ठगी, सोलार फार्मको नाममा प्रशान्त टाटरलगायतहरुको संगठित ‘अपराध’



टाटर र नवीनकुमार सिंह मिलेर यो योजना बनाउनुको कारण हो, दुई दिनमा १० करोड ५० लाखको नक्कली पुँजी खडा गर्ने प्रयोजन । यही प्रयोजनबाट उनीहरुले बैंकबाट इको पावरलाई आवश्यकभन्दा बढी पैसा ऋणस्वरुप स्वीकृत गराएको पुष्टि हुन्छ । नक्कली पुँजी खडा गर्नु भनेको पुँजी अपचलन मात्र होइन, सम्पत्ति शुद्धिकरणजन्य कसुरसमेत मान्न सकिन्छ ।

बैंकमा खोलिएको एलसीबाट बढी रकम भारत पठाएर फेरि अनौपचारिक माध्यमबाट त्यो रकम नेपाल भित्र्याउन नवीनकुमार सिंह, प्रशान्त टाटर र सन्दीप अग्रवालको सम्बन्ध देखिन्छ । 

‘सन्दीप अग्रवालसँग मेरो कुनै सम्बन्ध छैन, पैसाको कारोबार भएको छैन, उनी भारतीय नागरिक हुन्, म नेपाली,’ प्रशान्त टाटरले फरकधारसँग भने, ‘एलसी खोलिएको विषय हो, पैसा आवश्यक भएको कुरा बैंकले पठाएको हो । त्यसपछि सन्दीप अग्रवालसँग मेरो यो विषयमा सम्बन्ध हुने कुरै भएन ।’

उनले यस्तो बताए पनि उनकै कम्पनी कुशल प्रोजेक्ट्सको वेबसाइटमा सन्दीप अग्रवाल उनको पार्टनर र कुशल प्रोजेक्ट्सको संस्थापक सन्चालक भएको देखिन्छ ।

भाेजराज सिग्देलकाे खाताबाट भएकाे नक्कली पुँजी निर्माणका लागि बनाइएकाे स्टेटमेन्ट:

 

अर्कोतिर, इको पावरका नवीनकुमार सिंह र तिनै सन्दीप अग्रवाल ग्रिन जो इनर्जी कम्पनीका संचालक भएको यही कम्पनीको वेबसाइटमा उल्लेख गरिएको छ ।

तर, प्रशान्त टाटरले सन्दीपसँग आफ्नो कुनै सम्बन्ध नै नभएको दाबी गरेका छन् । 

उनको कम्पनीको वेबसाइटमा भने राखिएको छ– 


  • प्रकाशित मिति : पुस ७, २०७९ बिहीबार १८:५३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया