बढ्यो चिनियाँ राजदूतको सक्रियता

नेपालका लागि चिनियाँ राजदूत छन सोङले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् । 

राष्ट्रपति कसलाई बनाउने भन्ने विषयले नेपालका राजनीतिक दलका नेताहरुको छलफल चलिरहेका बेला राजदूत सोङले पनि आफ्नो सक्रियता बढाएका हुन् । 

बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका राजदूत सोङले अपरान्ह एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका हुन् । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा माधव नेपालको नाम प्रस्ताव गरेसँगै तरंगित बनेको राजनीतिक अवस्थामा राजदूत सोङले प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपाललाई भेटेका हुन् ।
 





  • प्रकाशित मिति : फागुन १०, २०७९ बुधबार १७:५७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया