यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार डा. क्षेत्रीलाई

यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार डा. प्रकाश क्षेत्रीलाई प्रदान गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक वर्ष स्वास्थ्य सेवा दिवसको अवसरमा प्रदान गर्ने उक्त पुरस्कार डा. क्षेत्रीलाई प्रदान गरिएको हो। 

स्वास्थ्य सेवा दिवसका अवसरमा आयोजित कार्यक्रमार्फत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका चिकित्सक डा. क्षेत्री उत्कृष्ट कार्यसम्पादन गरेबापत १ लाख रूपैयाँ राशिको उक्त पुरस्कारबाट सम्मानित भएका हुन्। 

साथै, प्रचारात्मक सेवा महाशाखाका डा.पेमावती थापा, कोशी अस्पतालका गजेन्द्रप्रसाद यादव, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका डा. मुनकर्ण थापा ५० हजार रूपैयाँ सहित पुरस्कृत भएका छन् । 

स्वास्थ्य सेवा दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले उनीहरुलाई सम्मानित गरेका थिए ।





  • प्रकाशित मिति : फागुन १५, २०७९ साेमबार २१:२८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया