आचार्य र धमलालाई युगकवि सिद्धिचरण पुरस्कार

युगकवि सिद्धिचरण श्रेष्ठको साहित्य सिर्जनालाई अनुशरण गरी नेपाली साहित्यको विकासका लागि उल्लेख्य योगदान गरेबापत युगकवि सिद्धिचरण प्रतिष्ठानले ‘युगकवि सिद्धिचरण पुरस्कार २०८०’ प्रा. डा. जयराज आचार्यलाई प्रदान गर्ने भएको छ ।

यसैगरी ‘युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार, २०८०’ लामो समयदेखि पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका चेतनाथ धमलालाई प्रदान गरिने भएको छ । युगकवि श्रेष्ठ निरंकुश राणा शासनविरुद्ध क्रान्तिकारी साहित्य सिर्जना गर्ने जेलनेलसमेत भोगेका एक निर्भीक सर्जकका रूपमा प्रसिद्ध छन् । 

प्रतिष्ठानका अध्यक्ष वैरागी काइँलाको अध्यक्षतामा बसेको बैठकले श्रेष्ठको एक सय १२औँ जन्मजयन्तीका अवसरमा आउँदो जेठ ९ गते विशेष कार्यक्रम गरी सो पुरस्कार प्रदान गर्ने भएको छ ।

प्रतिष्ठानले उपाध्यक्ष प्रा.डा. मोहन लोहनीको संयोजकत्वमा सदस्य पुरुषोत्तम बस्नेत र प्रा.डा. उषा ठाकुरसहित तीन सदस्यीय पुरस्कार छनोट समिति गठन गरेको थियो । समितिको सिफारिसलाई प्रतिष्ठानको बैठकले अनुमोदन गरी सो निर्णय गरेको हो ।





  • प्रकाशित मिति : वैशाख १४, २०८० बिहीबार २०:९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया