गीतकार खरेललाई अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार

प्रसिद्ध संगीतकार अम्बर गुरुङको नाममा पोखरेली युवा सांस्कृतिक परिवारद्वारा स्थापित ‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’ पहिलोपटक वरिष्ठ गीतकार किरण खरेललाई प्रदान गरिने भएको छ ।

दुई लाख राशिको सो पुरस्कार आगामी शनिबार पोखरामा आयोजना हुने पुरस्कार समारोहमा गीतकार खरेललाई समर्पण गरिने पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिए । ६ दशकदेखि निरन्तर गीत लेखनमा साधनारत खरेलले नेपाली संगीतजगतमा पुर्याएको विशिष्ट योगदानका लागि पुरस्कार प्रदान गर्न लागिएको उनको भनाइ छ ।

पुरस्कारमा नगदसहित ताम्रपत्र र दोसल्ला रहनेछ । साहित्य, कला र संगीतको उत्थानमा क्रियाशील परिवारले नेपाली संगीत क्षेत्रका शिखर व्यक्तित्व अम्बर गुरुङको स्मृति एवं सम्मानमा गत वर्ष उक्त पुरस्कार स्थापना गरेको थियो । दिवंगत गुरुङ नेपाली राष्ट्रियगानका संगतकार, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपतिसमेत हुन् ।

पुरस्कारको कोषमा २० लाख रहेको परिवारले जनाएको छ । कोष स्थापनामा विभिन्न संघसंस्था र व्यक्तिले हातेमालो गरेको अध्यक्ष पौडेलले उल्लेख गरे । पुरस्कार कोषलाई बढाएर २५ लाख पुर्याउने लक्ष्य लिइएको छ ।





  • प्रकाशित मिति : वैशाख १६, २०८० शनिबार १५:१२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया