अर्थतन्त्रका सूचक हेर्दा मुलुक अफ्ठ्यारो अवस्थामा छ : विष्णु पौडेल

नेकपा एमालेका सांसद विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रका सूचक हेर्दा अफ्ठ्यारो अवस्थामा रहेको बताए । मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको पहिलो बैठकमा बोल्दै सांसद पौडेलले यस्तो बताएका हुन् ।
 
अर्थतन्त्रका समस्या र चुनौतीको बीचमा सरकार अगाडि बढ्ने विषयमा सबैलाई जानकारी दिनुपर्ने उनले बताए । मुलुकको अर्थतन्त्रका समस्या र चुनौती समाधान गर्नका लागि सरकारले अर्थ समितिलाई साथ लिएर जान सक्नुपर्नेमा उनले जोड दिए । 

आगामी बजेटमा अर्थ मन्त्रालय, राष्ट्र बैंक, प्राकृतिक स्रोत तथा वित्त आयोग, लगानी बोर्ड र राष्ट्रिय योजना आयोगसँग सम्बन्धित आर्थिक सूचकबारे अर्थमन्त्रीलाई समितिमा उपस्थित गराएर बैठक बस्ने प्रबन्ध गर्नुपर्ने उनले बताए ।





  • प्रकाशित मिति : जेठ २, २०८० मंगलबार १८:२:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया