मन्त्री रवीन्द्र अधिकारीको यो अन्तिम तस्वीर

काठमाडौं– बुधबार ताप्लेजुङको पाथीभरामा भएको हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित हेलिकोप्टरमा सवार सातै जनाको निधन भयो । दिउँसो साढे एक बजे तारेढुंगा भीरमा भएको दुर्घटनामा अधिकारीसहित सात जनाको निधन भएको हो । 

पाथीभरा मन्दीरको दर्शनपछि अधिकारी हेलिकोप्टरमा ताप्लेजुङ जाँदै थिए । हेलिकोप्टर उडान भरेको एक मिनेटमा नै दुर्घटनामा परेको नागरिक उड्ड्यन प्राधिकरणले जनाएको छ । पाइलटले उडान भर्न अप्ठ्यारो रहेको जानकारी दिएका थिए । तर, यो जानकारी दिएको केही समयमा नै उडान भरिएको थियो । मन्त्री अधिकारी विहान ११ः४५ मा पाथीभरा पुगेका थिए ।

त्यसअघि उनी आठराई गाउँपालिकाको कार्यक्रममा सहभागि भएका थिए । त्यहाँबाट उनी चुहानडाँडामा विमानस्थल निरीक्षण गर्न पुगेका थिए । यो तस्वीर त्यहाँ नै खिचिएको हो । त्यहाँका पत्रकार दीपक उप्रेतीले खिचेको यो तस्वीर नै मन्त्री अधिकारीको अन्तिम तस्वीर बन्यो ।  
 

 






  • प्रकाशित मिति : फागुन १५, २०७५ बुधबार १७:३०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया